हिजो सम्झाएको कुरालाई मन्त्रिले कुट्यो भनेछ : मन्त्री मनाङे | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

हिजो सम्झाएको कुरालाई मन्त्रिले कुट्यो भनेछ : मन्त्री मनाङे

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफुलाई मन्त्रिले कुटपिट गरेको बताएका थिए ।

मंगलबार फाइल बोकेर मन्त्रिको कार्यकक्षमा प्रवेश गरेपछि आफुमाथि हातपात गरेको उनको आरोप थियो । तर, मन्त्रि मनाङेले भने कुटपिट गरेको भन्ने आरोप गलत भएको बताए ।  मन्त्री मनाङे संग सोही कुरामा आधिरत रहेर गरेको कुराकानी ।

तपाईले आफ्नै कर्मचारीमाथि हातपात गर्नुभएछ नि ? 
यो आफैं बच्नका लागि गरेको प्रोपोगण्डा हो । घटना हिजाको हो । यदि कुटेको भए अस्ती  नै किन बोलेन त ? अस्तीको दिनमा केही भएको भए अस्ती नै कुरा आउँथ्यो नि त । हिजो १२/१ बजेतिर डिजाइन गर्‍यो । प्लान बनायो । अनि कुटपिट ग¥यो भनेर हल्ला फैलायो । यस विषयमा मैले ४/५ जनाको आयोग गठन गर्छु ।

के विषयमा विवाद भएको हो ? 

युवा स्वरोजगारको पैसाको कुरा आएको छ । मैले करप्सनलाई म्याक्सिम कन्ट्रोल त गरे । तर, जिरो लेभलमा पुर्‍याउन सकिन् । यिनीहरूले के गरेछन भने स्वरोजगार कोषमा आएको पैसाहरू आफ्नो आफ्नो मान्छेलाई पार्ने भनेर गेम खेलेछन् ।

यस्ले मान्छेहरूसँग पैसा दिएपछि मात्रै काम गरिदिन्छु भन्दो रहेछ । धेरै मान्छे आएर मलाई भनेपछि मैले यस्लाई हिजो राम्रोसँग सम्झाएको थिए । आइन्दा मैले यस्तो सुन्न नपरोस् । तेरो पहिला पनि रेकर्ड नराम्रो छ, त्यसैले सुध्रिएर बस भनेर सम्झाएको थियो ।

यसले अहिले मात्र नभएर यसअघि पनि यस्तै फटाहा काम गर्दै आएको रहेछ । यसअघि के गर्‍यो भने हाम्रो एउटा सोसल वर्क प्रोग्राम छ । जसबाट १३६ जना युवा युवतीलाई काम गर्न दिने भनिएको थियो । त्यसका लागि तीन करोड २४ लाखको बजेट आएको थियो ।

तर, यस्ले त क्याबिनेटमा ३२ करोड भनेर फाइल पठाएछ । योले के लेखेर मरेछ भने ३२ करोड लेखेर मरेछ । तीन करोड २४ लाखलाई ३२ करोड लेखेर पैसा पास भएर आयो । क्याबिनेटमा कुमार खड्का ( मन्त्रालयको प्रवक्ता) ले चेक गर्दा थाहा पाउनुभयो । अनि के हो त्यो ३२ करोड भनेर सोधेपछि बल्ल हामीले थाहा पायौं । अर्थमन्त्रि, कानूनमन्त्रि र म पनि जेल जाने अवस्था थियो । धन्न बेलैमा थाहा पाइयो ।

यस्लाई मैले बोलाएर सोधे, तैले के लेखेको यस्तो ?

यस्ले के भन्यो भने,– अंकमा मिस्टेक भयो भन्यो । एउटा सुन्य बढी लेखिएछ भन्यो । तर, यसले अक्षरमा पनि त्यस्तै लेखेको रहेछ । अक्षरमा पनि ३२ करोड नै लेखेको रहेछ ।

भनेपछि यो प्रि–प्लानिङमा नै चलेको रहेछ । यो मान्छे एकदमै खतरा छ, यो केटाले डुबाउँछ । यो ले मलाई पनि जेल हाल्ने खेलमा रहेछ ।  अनि हिजो बोलाएर सम्झाको हो । तेरो स्वरोजगारमा कृषि सम्बन्धि काम गर्ने मान्छेलाई तैले केही कुरा भनेको रहेछ आइन्दा त्यो कुरा थाहा पाएपछि राम्रो हुनेछैन् भनेर मैले राम्रोसँग सम्झाएर पठाएको थिए ।

सम्झाएकै विषयलाई किन कुटपिट भयो भनियो त ? 

अस्ती सम्झाउँदा केही पनि भनेन हिजो दिउँसो आएर हातपात गर्‍यो भनेछ । मैले पत्रकारलाई भनेको छु, सबैभन्दा पहिला प्रमाण माग्नु । भावनामा नबग्नु । पढेर आएको मान्छे हौं, जे पायो त्यही नलेख भनेर पत्रकारहरूलाई नि भनेको छु । मैले कारवाही गर्नुपर्ने मान्छेलाई छोड्देको थे, अब मैले यस्लाई कारवाही गर्नुपर्छ । किनभने अब त यस्ले झुटो आरोप लगाएपछि त छानविन कमिटी त बनाउनुप¥यो ।

विकास त यिनीहरूले गर्न पनि दिन्नन् । हामीले के नराम्रो भनेको थियौं, र घुस नखाईदेउ त भनेका हौं नि । त्यल्ले जागीर खाँदा घुस खान्छु भनेर सपथ लिएको थियो ? यो मान्छेहरू भनेको प्रोफेसनल चोरहरू हुन् । यिनीहरूको इन्टेन्सन नै जागीर खाँदा पैसा लुटेर कमाउँछु भनेर आको हो ।

३६ हजारमा यस्को भात खानलाई पुग्दैन् । यस्ले कसरी जागीर खायो त ? यस्को इन्टेन्सन नै साइटमा आएर ठग्छु भन्ने हो । अनि त्यो गाउँमा बस्ने आलु, सागसब्जी रोप्ने मान्छेलाई, आधा पैसा मागेर दुई लाख दियो भने काम गराईदिन्छु भन्ने यस्तो पनि गर्न मिल्छ भन्या ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);