Mountain Television
Sat, 20 Oct 2018

दशैका लागि नेपाल खाद्य संस्थानले शुक्रवारदेखी उपत्यकामा खसी,बोका र च्याङग्रा बिक्रि बितरण गर्ने

काठमाडौं, २५ असोज । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ ।

नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो । संस्थानका बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिनु भयो । शुक्रवारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ ।

शुक्रबार विहान ८ बजेदेखि बाट खसी, बोका र च्याङग्रा विक्री वितरण हुनेछ । बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको विक्री वितरण हुने बताए । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अंचल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाई भईरहेको पनि संस्थानले जनाएको छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...