Mountain Television
Sat, 20 Oct 2018

रसिया पठाउने भन्दै ४५ लाख ठगी

काठमाडौं, २५ असोज । रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् ।

उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ । समाचार आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा छापिएको छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...