Mountain Television
Sat, 20 Oct 2018

उपसचिवसहित तीन सरकारी अधिकारी घूससहित पक्राउ

काठमाडौं, २५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन सरकारी कर्मचारीलाई बुधबार घूस रकमसहित पक्राउ गरेको छ ।

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता (उपसचिव) सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभनमा पारी घूस रकम लिइरहेको अवस्थामा थापालाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रवक्ता सहसचिव रामेश्वर दंगालद्वारा बुधबार जारी विज्ञप्तिमा बुधबारै मालपोत कार्यालय कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि ५० हजार रुपैयाँ घूस सहित पक्राउ गरिएको उल्लेख छ ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...