Mountain Television
Wed, 12 Dec 2018

प्रशासकीय प्रमुखमाथिको कुटपिट पछि कर्मचारीद्वारा सबै सेवा बन्द

बाजुरा, २१ असोज । बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दमाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले अनिश्चितकालिन सेवा बन्द गरेका छन् ।

नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले असुरक्षाको महशुस गदै सबै सेवा ठप्प पारेका हुन् । दोषीलाई प्रक्राउ गरी कानुनी कठघरमा नल्याएसम्म नगरपालिकाका सवै सेवाहरु बन्द गर्ने कर्मचारीहरुले बताएका छन् ।

यता, कर्मचारीले आईतबार सम्पूर्ण सेवाहरु बन्द गरेपछि सेवाग्राहीहरु भने मारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक सागर बोहराका अनुसार चन्द माथि कुटपिट गर्ने अज्ञात समूहको अहिले खोजी भईरहेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दमाथि शनिबार राति १० बजे तिर आफ्नै निबासमा सुतिरहेको अवस्थामा ३ जना मदिरा सेबन गरेर आएका अज्ञात समूहले ढोका तोडेर कुटपिट गरेका थिए ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!