तरकारीको उचित मूल्य पाएनन् ईलाममा कृषकले | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

तरकारीको उचित मूल्य पाएनन् ईलाममा कृषकले

ईलाम, २० पुष । ईलाममा बिभिन्न जातका तरकारी उत्पादन हुने गरेको छ तर कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य भने पाउन् सकेका छैनन्।

ईलाममा उत्पादित तरकारी स्थानिय बजार संगै तराइको बजार सम्म पुग्ने गरे पनि, सस्तोमा बेच्नु परेको कृषकको गुनासो रहेको छ ।अहिले ईलाममा स्कुस प्रसस्थ पाइन्छ तर बजारमा ३० रुपैया प्रती किलो पर्ने स्कुसको मुल्य कृषकले ३ देखी ५ रुपैया सम्म मात्र पाउने् गरेका छन् । त्यसतै गरी बजारमा रायोको सागको मुल्य एक मुठाको २५-४० रुपैया पर्छ तर कृषकले १० रुपैया पनि पाउदैनन् ।

तरकारीको उचित मुल्य निर्धारण गर्न स्थानियको माग छ । ईलाम बाट ४०,७२४ मेट्रिक टन तरकारी निर्यात हुने गरेको जिल्ला कृषि बिकास कार्यालय ईलामको तथ्याड़क छ । जस मध्य तरकारी बाट मात्र १ अर्ब ४२ करोड ५३ लाख भन्दा बढीको कारोबार हुने गरेको छ ।

यस समबन्धी भिडियो हेर्न तल क्लिक गर्नु होला :

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);