Mountain Television
Thu, 15 Nov 2018

काठमाडौंमा नयाँ शक्ति पार्टीको प्रदर्शन

काठमाडौं, २९ भदौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त लगायतका पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म -यालीसहितको विरोध प्रर्दशन गरेको हो ।

बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिइन् ।

प्रर्दशनीमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकार विरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...