Mountain Television
Thu, 15 Nov 2018

विराटनगरमा अझै पनि बालश्रमको प्रयोग

विराटनगर, २९ भदौ । कानुनमा १६ वर्ष मुनीका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाउने व्यवस्था छ । तर, विराटनगरको मोटरसाईकल पसल, यातायातको क्षेत्रमा अझै वालश्रम प्रयोग भईरहेको छ ।

नेपालमा १६ वर्ष मुनिका बालबालिकालाई कुनै श्रममा लगाउन नपाउने व्यवस्था भएपनि विराटनरमा अझै प्रयोग भईरहेको हो । गरिब, अभाव र आवश्यक घरायसी वातावरणको अभावले बालबालिकाहरु बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् ।

विराटनगरको एक पसलमा मात्रै हैन, यहाँ चोक गल्ली धेरै ठाउँमा बालश्रम प्रयोग भईरहको छ । बालबालिकाहरु स्यंम राजीखुसीले काम गर्न आउने गरेको रोजगातदाताहरु बताउँछन् ।

पछिल्लो समयमा घरमा बस्ने उचित वातावरण नभएपछि बालबालिकाहरु बालश्रम गर्न बाध्य छन् । बालबालिकाहरु थोरै तलवमा काम गर्ने भएकाले सम्बन्धित पक्षले इट्टा उत्पादक, ग्यारेज, होटल लगायतमा काममा लगाउने गरेको महिला तथा बालबालिका शाखा, विराटनगरले जनाएको छ ।

पछिल्लो समयमा विराटनगरमा मात्र हैन देशैभरमा वालश्रम प्रयोग वढेको छ । तर, यसलाई न्यूनीकरणका लागि रोजगारतादालाईनै थाहा नभएका कारण पनि यस्तो समस्या भएको विज्ञहरुले बताएका छन् । यसलाई न्यूनीकरणका लागि सरकारले समेत चासो दिनुपर्ने वेला आएको उनीहरुको भनाई छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...