Mountain Television
Fri, 21 Sep 2018

गाउँ गाउँमा स्वास्थ्य केन्द्र भएपनि डाक्टर नभएको गुनासो

काठमाडौं, २९ भदौ । गाउँ गाउँमा स्वास्थ्य केन्द्र भएपनि डाक्टर नभएको गुनासो वारम्वार आईरहन्छ । हुँदा हुँदै अञ्चल अस्पताल विराटनगरको अवस्था पनि त्यस्तै देखिएको छ ।

यो विराटनरको कोशी अंञ्चल अस्पताल हो । अस्पतालले मानिसहरुको अवस्था हेरेर सेवा प्रभावलाई छिटो छरितो र व्यवस्थित बनाउँदै लैजानुपर्छ । तर, विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालले सेवा प्रभाव चुस्त दुरुस्त बनाउनु त परै जावस् रातीको समयमा डाक्टरसमेत भेट्न मुस्किल पर्न थालेको छ । अस्पतालमा रातीको समयमा ४ जना कर्मचारीको दरवन्दी रहेको छ । तर, राती ११ बजेपछि इमरजेन्सी सेवामा कुनै डाक्टर भेटिदैनन ।

अञ्चल अस्पतालको गुनासो वारम्वार आएपछि प्रदेश वान टिभिका संञ्चारकर्मीहरु गत विहीवार रातभरी कोशि अंञ्चल अस्पतालमा समाचार संकलनमा जुटेका थिए । तर, त्यो दिन कोहीपनि डाक्टर रातीको समयमा देखिएन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा विराटनगर स्थित अञ्चल अस्पतालले वारम्वार लापारवाही गदै आईरहेको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा अस्पतालका प्रमुख मेडिकल सुपरीडेन्टेन्ट रोसान पोखरेलले कुनै प्रतिक्रिया दिन मानेको छैनन ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...