Mountain Television
Thu, 15 Nov 2018

सिमरा विमानस्थलले रात्री उडान सेवा सञ्चालनमा ल्याउने

बारा, २९ भदौ । लामो समयपछि बाराको सिमरा विमानस्थलले रात्री उडान सेवा सञ्चालनमा ल्याउने भएको छ । विमानस्थलले करिव दुई वर्षको तयारी पछि भदौ ३१ गते देखि रात्री उडान सेवा संचालन गर्न लागेको हो ।

अर्को साताबाट बुद्ध एयरले सिमरा विमानस्थलमा नियमित तीन वटा रात्री उडान सेवा संचालन गर्ने विमानस्थल कार्यालय, सिमराले जनाएको छ ।  बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाको केन्द्र बिन्दुको रुपमा रहेको यो विमानस्थलमा साँझ ६ः३० देखि राती ८ः२० बजेसम्म उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । २० करोडको लागतमा चार वर्ष अघिनै रात्रीकालिन उडान गर्नका लागि भौतिक पूर्वाधारको संरचना तयार पारिएको थियो ।

रात्री उडानका लागि विमानस्थलमा विमान कम्पनीहरुले ईच्छा नदेखाएका कारण रात्री सेवा प्रयोगमा आउन सकेको थिएन । राती सेवा शुरु भएपछि उद्योगी , व्यवसायी, भारतीय पर्यटक लगायत सर्वसाधरणलाई आवत–जावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...