Mountain Television
Thu, 15 Nov 2018

महिला प्रिमियर लिग फुटसल शनिबारदेखि

काठमाडौं, २९ भदौ । महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबार देखि काठमाडौंमा शुरु हुने भएको छ । प्रतियोगिता २ महिनासम्म चल्ने छ । ८ टिमले सहभागि जनाउने उक्त प्रतियोगिताका खेलहरु हरेक शनिबार मण्डिखाटारमा रहेको एक्सेल रिक्रिएशन फुटसल मैदानमा हुनेछ ।

प्रतियोगिता महिला सशक्तिकरणका लागि वीइ संस्थाको आयोजना र यूरोपियन युनियन इयुको सहयोगमा सञ्चालन हुन लागेकोे हो । प्रतियोगितामा बार्सा नेपाल, म्यानचेस्टर युनाईटेड फ्यान क्लब, फुटसल एरेना, एनएमबी बैंक, कुमारी फुटसल लगाएतका टिमको सहभागिता रहने छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...