Mountain Television
Thu, 15 Nov 2018

यस्तो रहस्य खुलेपछि निर्मलाका बुबाआमा काठमाडौँमा (भिडियोसहित)

काठमाडौं, २८ भदौ । हरितालिका तीज अर्थात हिन्दु नारीहरुको महान् पर्व हो । देशभरका हिन्दु नारीहरुले भगवान शिवको आरधानामा व्यस्त भईरहदा कञ्चनपुरमा भने तीजको कुनै रौनक भएन । कञ्चनपुरका महिलालाई यस बर्षको तीज, तीज जस्तै बनेन । रातो सारी र छड्के तिलहरीमा सजिएर, मन्दीर जाने ,पुजा गर्ने ब्रत बस्ने र मिठो संगितमा कम्मर मर्काइ मर्काइ नाच्ने रहर र परम्परालाई मनभित्रै थन्क्याएर, कञ्चनपुरका महिलाकालो सारीमा नगर परिक्रमा गरे र निर्मला हत्यारालाई सार्वजनिक गर्न माग गरे ।

घटनाक्रमहरु यसरी नाटकिय बनिरहेको छ की आम नेपाली एउटा चलचित्रको दर्शक जस्तै बनिरहेका छन् । पर्दामा जे आइरहेको छ त्यो पत्याउन विवश छन् । बास्तविक्ता न कोही ओकल्ने आँट गर्छन न दोषी सार्वजनिक गर्न सक्छन् । बरु घटनाको छानबीन गर्न गठित उच्चस्तरिय छानबीन समितिकै पदाधिकारी राजीनामा दिन्छन् । तथ्यहरु नै पुरै तोडमोड भइरहेको यस्ता घटनाक्रमहरुले प्रष्ट पार्दै लगेको छ ।

घटनाको दिन लम्बीदै जाँदा घटनाका रहस्यहरु थप जटिल बन्दै गएको छ । घटनाक्रमले प्रमाणित गर्दै लगेको छ की सरकार बास्तविक हत्यार पत्ता लागिसके पनि शक्तिको आडमा दोषीलाई उम्काउन खोजीरहेको छ । यो घटना अब कञ्चनपुरको घटना मात्रै होइन, राष्ट्रिय हुदै अन्तराष्ट्रिय चासोको विषय बनिसकेको छ । सरकार अब पनि यस घटनालाई जोगाउन उद्यत भयो भने त्यसले स्वयम सरकारका लागि नमिठो झट्का लाग्ने निश्चीत छ ।

यस समाचार सम्बन्धि भिडियो हेर्न तलको लिन्क्मा क्लिक गर्नुहोस्:

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...