Mountain Television
Fri, 21 Sep 2018

प्रदेसको विकासको लागि २८ अर्व ९ करोडको बजेट

काठमाडौं, २८ भदौ । प्रदेश ५ सरकारले प्रदेसको विकासको लागि २८ अर्व ९ करोडको बजेट ल्याएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधारको बिकासलाई जोड दिएको छ ।

पुर्वाधारको विकासमा सरकारले जोड दिएर सर्वसाधारणको समस्यालाई सम्बोधन नगरिएको स्थानीयको गुनासो छ । विकास निर्माणको हिसाबले प्रदेस ५ खासै पछाडि छैन । अगाडि नै देखिन्छ । सरकारले प्रदेसको पुर्वाधार विकासको साथै कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । प्रदेश ५को योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठका अनुसार सम्वृद्ध प्रदेस, खुशी जनताको सपनालाई सरकारले प्राथमिकता दिएको छ । प्रदेस अन्तर्गत पर्ने राष्ट्रिय गौरवको आयोजनालाई समयमै पुरा गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, जनतालाई अनुभुति हुने गरि सरकारले कार्य गर्नुपर्ने बताउनु हुन्छ । प्रदेसको विकासका लागि सवै राजनीतिक दल, संघ संस्था, नागरिक समाज र जनताको सहयोग अवश्यक गर्नु पर्नेमा उहांले जोड दिए । प्रदेश ५ सरकारले समृद्ध प्रदेश, खुसी जनताको सपनाको नारा अघि सारे पनि सर्वसाधारणले भने त्यसको अनुभुति गर्न नपाएको सर्वसाधारणको गुनासो रहेको छ । सरकारले पुर्वाधारको विकासलाई जोड दिएर सर्वसाधारणको समस्यालाई सम्बोधन गर्न नसकेको सर्वसाधारणको गुनासो छ ।

प्रदेश ५ सरकारले प्रथम आवधिक योजनाको अवधारणा पत्र भदौ १४ गते सर्वजनिक गरेको हो । अवधारणा पत्रमा मानवबिकासका सुचाङ्क ५ वर्प भित्र न्यूनिकरण गर्ने गरि गरिबीको दर २९.९ % बाट १० % प्रतिशतमा झार्ने र प्रति व्यक्ति आय दुइ हजार डलर पु¥याउने योजना छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...