Mountain Television
Thu, 15 Nov 2018

कञ्चनपुरमा फेरि १० वर्षिया बालिका बलात्कृत

कञ्चनपुर, २७ भदौ । निर्मला हत्या प्रकरण किनारा लाग्न नपाउँदै कञ्चनपुरमा फेरि एक बालिका बलात्कारको सिकार भएकी छिन् ।

कञ्चनपुरको महाकाली नगरपालिकाकी १० वर्षिया बालिका बलात्कारको सिकार बनेकी हुन । १० रुपैयाँ दिन्छु भन्दै बोलाएर आफुमाथि यौन दुर्व्यवहार गरेको पीडित बालिकाको भनाई छ ।

महाकाली नगरपालिका ४ का ४० वर्षिय आइते सुनारले १० वर्षीया बालिमाथि बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । मंगलबार साँझ १० वर्षीया बालिका बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...