Mountain Television
Fri, 21 Sep 2018

रौतहटका अधिकांस स्वास्थ्य चौकीमा औषधी अभाव

राकेश यादव
रौतहट, २७ भदौ
। स्वास्थ्य चौकी र केन्द्रहरुमा आवश्यक औषधी पुर्याउने जिम्मेवारी स्थानिय तहको भएपनि रौतहटका जनप्रतिनिधिहरुले वास्ता नगरेपछि स्वास्थ्य सस्थाहरुमा अत्यावशकिय औषधीहरुको अभाव श्रृजना भएको छ । स्वास्थ्यकर्मीहरु समेत गैरजिम्मेवार बन्न थालेपछि विरामीको विचल्ली हुने गरेको छ ।

रौतहटका अधिकास स्वास्थ्य केन्द्रहरु वेथितीबाट गुज्रिएको छ । स्वास्थ्य सस्थाहरुमा सीटामोल बाहेक अरु औषधी पाउन छाडेको छ भने जिम्मेवारी अवधीमा समेत स्वास्थ्यकर्मी स्वास्थ्य सस्थामा भेटीन छाडेपछि उपचार सेवा लिन पुगेका विरामीहरुको विचल्ली भएको छ । रौतहटको गुजरा, चन्द्रपुर नगरपालिका लगाएतका अघिकांश स्थानियतहमा रहेका स्वास्थ्यकेन्द्रहरुमा औषधी अभावको समस्या श्रृजना भएको छ ।

बिरामीहरु राम्रो स्वास्थ्य उपचारको लागि सिमावर्ती भारतीय शहर या वीरगंज, चितवन एवं काठमाडौं जान बाध्य भएका छन । सरकारी अस्पतालमा पाउने कतिपय सेवा सुविधाहरू बिरामीलाई सरकारी अस्पतालले दिन छाडे पछि उपचार गराउन बिरामीहरूले बढी खर्च गरेर निजी अस्पतालहरुमा उपचार गराउन बाध्य भएका छन । विपन्न वर्गका नागरिकलाई भने सरकारी अस्पतालको सहुल्यत सुविधा नपाएपछि रोग पालेर घर फर्कन बाध्यता छ ।

सघिय संचना अनुसार स्थानिय स्वास्थ्य केन्द्रहरु स्थानिय तह अन्तर्गत रहने प्रावधान छ । तर स्थानिय तहका जनप्रतिनिधिहरुले स्वास्थ्य सस्थामा ध्यानै नदिएपछि औषधी अभाव भएको हो ।

सरकारको निति नै अस्पष्ट भएकाले स्थानिय तहका कर्मचारीबीच समन्वय नहुने र त्यसको असर स्वास्थ्य चौकीमा देखिने गरेको जनप्रतिनितिहरुको भनाई छ । अस्पतालमा भएका सबै औषधि बाहिर लगेर बेच्ने गरेको कतिपय सर्वसाधारणको आरोप छ । जिल्लाका अधिकाश स्वास्थ्य केन्द्रहरु औषधि बिहीन हुदा पनि सम्वन्धित निकायले हेर्न सकेका छैनन । औषधी अभाव र स्वास्थ्यकर्मीहरुको लार्पवाहीका कारण रौतहटका बिरामीहरुले पिडा खेप्दै आएका छन ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...