कालिगण्डकी नदीमाथिको झोलुङ्गे पुल सर्वसाधारणका लागि अनौपचारिक रुपमा खुल्ला | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

कालिगण्डकी नदीमाथिको झोलुङ्गे पुल सर्वसाधारणका लागि अनौपचारिक रुपमा खुल्ला

बागलुङ,१७ साउन । कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुल सर्वसाधारणका लागि अनौपचारिक रुपमा खुल्ला गरिएको छ ।

बागलुङ र पर्वत जोड्ने उक्त झोलुङ्गे पुल अनौपचारिकरुपमा सञ्चालनमा आएपछि पुल हेर्नेको भीड लाग्ने गरेको छ । तर, पुल संचालन गर्दा कोरोनाको जोखिम बढ्न सक्ने स्थानीयको भनाई छ ।

२०७७ चैत मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीसंग सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीले एक वर्ष अघि निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण सम्पन्न भएपनि पुल हस्तान्तर भने भएको छैन । पुल अवलोकनको एक महत्वपूर्ण गन्तव्य भएपनि जोखिमको बेला सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

बागलुङ नगरपालिकाले संक्रमणको उच्च जोखिम भएको भन्दै पुल औपचारिक उद्घाटन गरेको छैन । पर्वत र बागलुङको आर्थिक सामरिक महत्व समेत भएको झोलङ्गे पुल संचालनमा आएपछि स्थानीयको जीवन सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);