Mountain Television
Sat, 20 Oct 2018

प्रदेश ५ को राजधानी र नाम सिफारिस गर्न समिति गठन

बुटवल, २५ साउन । प्रदेश नम्बर ५को प्रदेश सभा बैठकले प्रदेशको राजधानी र नामाकरणको अन्तिम टुंगो लगाउन १५ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा नेकपाका ८, कांग्रेसका ४, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाबाट एक–एक सांसद छन् ।

समितिलाई ३ महिना भित्र आवश्यक परामर्श छलफल सहित प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले कुनै दल वा क्षेत्रको पक्षमा नलागि संघीयताको मर्म अनुसार स्थायी राजधानी र नामाकरण सिफारिस गर्न समितिलाई निर्देशन दिइएको बताए ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...