Mountain Television
Sun, 21 Oct 2018

यसरी पुग्यो विराटनगरका घरघरमा पाइपबाट ग्याँस (भिडियो सहित)

मोरङ, २५ साउन । श्री कृष्ण गौसेवा सेवासदनले उत्पादन गरेको बायोग्यास घरघरमा जोडिएपछि विराटनगर महानगरपालिकाका वडा नम्बर १४ का स्थानीय हर्षित भएका छन् । हाल गौसेवा सदन आसपासका एक सय घरको भान्सामा पाइप माफर्त बायोग्यास जडान गरिएको छ ।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यास पाइप जोड्ने बताउँदा हाँसोको विषय बनाइएको थियो । तर, अहिले मोरङको विराटनगरस्थित श्रीकृष्ण गौसेवा सदनले गौशालाबाट उत्पादित बायोग्याँस पाइपमार्फत स्थानीय एक सय घरमा जोडेर गर्दा सम्भव छ भन्ने सावित गरेको छ ।

३३ बर्ष अघि स्वामी रामदासजी महाराजको प्रेरणाबाट स्थापना भएको गौ सेवासदनबाट उत्पादित ग्यास आफ्नो भान्सामा जोड्न पाउँदा स्थानीय पनि उत्साहित छन् । बृद्ध भएका र दुध खाइसकेपछि सडकमा छाडा छोडिएका २ सय ७ वटा गाइको मलमुत्र संकलन गरी बायोग्यास उत्पदन गरिएको हो ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गरिएको छ । पाइपबाट वायो ग्याँस वितरण गर्ने योजनासहित डेढ वर्ष अघिदेखि यो परियोजना निर्माण कार्य अघि बढाइएको थियो । गौशालामा रहेका गाइबाच्छाको मृत्यु भएमा हिन्दूधार्मिक संस्कार अनुसार अन्तेष्टीसमेत गर्ने गरिएको छ ।

श्रीकृष्ण गौसेवा सदनका अनुसार २ सय ७ गाई र बाच्छाबाच्छीबाट दैनिक करिब २ हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यास प्लान्टमा राखिन्छ र त्यसैबाट पाइपमार्फत घरघरमा पु¥याउने काम भएको छ । एलपी ग्यासभन्दा गुणस्तरयुक्त रहेको बायोग्यासको मूल्य पनि सस्तो रहेको छ ।

ग्यास प्लान्टका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहयोग गरेको छ भने यसमा भारतीय प्राबिधिकहरुले प्लान्ट निर्माणमा भूमिका निर्वाह गरेका छन । बायो ग्यास उत्पादन गरेर उदाहरणीय काम गरेको गौसेवा सदनले गाइ बिरामी भएमा उपचारका लागि चौबिसैघण्टा पशुुचिकित्सककोसमेत व्यवस्था गरेको छ ।

यती मात्र होइन गौसेवा सदनबाट उत्पादीत मलसमेत देशका विभिन्न स्थानमा पु¥याउने गरिएको छ । यस गौसेवा सदनले बृद्ध भएपछि गाइबस्तुलाई सडकमा छाड्नेहरुलाई राम्रो पाठ सिकाएको छ भने गर्दा हरेक काम सम्भव छ भन्ने सन्देशसमेत दिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...