Mountain Television
Sat, 20 Oct 2018

भारतले व्यापार घाटा कम गर्न सघाउने

काठमाडौं, २५ साउन । नेपालको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ । समाचारमा लेखिएको छ, वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो ।

बिहीबार नयाँ दिल्लीमा भएको सहसचिवस्तिरीय वैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ । वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी विषयहरुमा छलफल भएको र बैठक सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलका संयोजक रविशंकर सैंजुले बताए ।

उनका अनुसार, बढ्दो व्यापार घाटा, वैदेशिक लगानी तथा सन्धीमा भएका भन्साररहित सुविधा विषयमा बैठक केन्द्रित थियो । नेपाली उत्पादन भन्साररहित सुविधामा भारत निकासी गर्दा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनैपर्ने हालको व्यवस्थालाई कम्तीमा २५ प्रतिशतमा झार्नुपर्ने नेपाली पक्षको माग थियो । समाचार आजको कान्तिपुर दैनिकले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...