Mountain Television
Fri, 17 Aug 2018

यु–१५ साफ महिला फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं, २४ साउन । पन्ध्र वर्ष मुनिको साफ च्याम्पियनसिप महिला फुटबल आजदेखि सुरु हुँदै छ । भुटानको थिम्पुमा आज हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् ।

यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।

नेपाल पहिलो संस्करणमा सहभागि भए पनि समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...