Mountain Television
Sun, 21 Oct 2018

च्याम्पियन्स कपमा रियलद्वारा रोमा २–१ ले पराजित

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत भएको खेलमा रियल मड्रिडले जित निकालेको छ । नयाँ सिजनको तयारीमा रहेको रियलले बुधबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको खेलमा इटालियन क्लब रोमालाई २–१ ले पराजित गरेको होे ।

रियलका लागि मार्को एसेन्सिओ र ग्यारेथ बेलले गोल गरे । यस्तै रोमाका लागि केविन स्ट्रोटम्यानले एक गोल फर्काए । रियल मड्रिडले सुरुको १५ मिनेट भित्रै २–० को अग्रता लिएको थियो । मार्कोले दोस्रो तथा बेलले १५ औँ मिनेटमा गोल गरे । रोमाका लागि ८३ औँ मिनेटमा केविनले एक गोल फर्काएका हुन् ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...