Mountain Television
Sun, 23 Sep 2018

अव्यवस्थित सहरीकरणले विपद्

काठमाडौं, २९ असार । अव्यवस्थित सहरी विकासले कुलो, नहर, ढलको निकास थुनिँदा भक्तपुर जलमग्न भयो ।

खोलाका निकास अवरुद्ध हुँदा काठमाडौं उपत्यका लगायतका ठूला शहरहरू बाढी र डुवानको जोखिममा परेका छन् । उपत्यका, आसपास र ठूला सहरमा बग्ने खोला साँघुरिएको र पुरिएर बस्ती भन्दामाथि छ । नदी मिचेर, खोलानै टालिने गरी भवन निर्माण गरिँदा विपत्ति निम्तीने गरेको पूर्वसचिव तथा इन्जिनियर किशोर थापाले बताए ।

‘प्रकृतिले आफ्नो बाटो लिदाँ विपत्ति आयो, प्राकृतिक व्यवस्थापन मुख्य हो’, पूर्वसचिव थापाले भने, ‘नदीनाला, बर्खाको बाढीलाई व्यवस्थित नबनाइँदा समस्या आएको हो ।’ अग्ला घर र पर्खालका कारण पानी बग्ने क्षेत्र थुनियो । नदीमाथि बनेका संरचना भत्काउनु, बनाइएका अग्ला पर्खालमा पानी बग्ने भाग अनिबार्य राख्नुको विकल्प नभएको भनाई उनको छ ।
नयाँ बस्ती बिस्तार हुदाँ विपत्लाई सम्झेर योजनाबद्ध व्यवस्थापन गर्नु पर्ने, पानी, ढलको निकास, नदीको उचित व्यवस्थापन गर्नुपर्ने, टोलटोलमा सुरक्षित स्थान निर्माण गर्नुपर्ने थापाको सुझाव छ । बिहीबार बिहानसम्म उपत्यकामा ९४ मिलिमिटर पानी पर्दा यस्तो हालत भयो ।सहरीक्षेत्रको जोखिम पहिचान गरी समधानका उपाय कानुनमै उल्लेख गरी सहरीविकास मन्त्रालयले ‘आधारभूत मादण्ड २०७२’ जारी गरे पनि पालना नगर्दा समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिरणका आयुक्त भाइकाजी तिबारी बताउँछन् ।

कानुनी आधार स्थानीय तहले वेवास्ता गरी जथाभावी संरचना निर्माण गर्न दिएका छ । यसले सहरीविपत बढी गइ रहेको छ । प्राधिकरणले सहरीविपतलाई चार प्रकारले पहिचान गरी सचेत हुन कानुनी आधार तयारी गरी सकेको छ । बाढी र ढुवानबाट, पेट्रोल पम्पबाट, पहिरोबाट र भुइचालो आउँदा जमिन भासिने जस्ता सहरीजोखिम पहिचान भइ सकेको छ । उपत्यकाको काठमाडौंको सामाखुसी, गंगबु, गैरीधारा, शंखमुल, नरेफाँट, ढुबान हुने र भक्तपुरको जगाती, सूर्यविनायक, सल्लाघारी, सृजनानगर, राधेराधे, ठिमी, चारदोभाटो छन् । यता ललितपुरको चोभारबाट पानीको निकास हुन नसक्दा सुन्दरीघाट, कर्मनाशा, हात्तीवन क्षेत्र ढुवान हुनेछ ।

मन्त्रालयले खोलाको मापदण्ड तोकेको छ तर स्थानीय निकायले कानुनलाई वेवास्ता गरी जथाभावी भवन निर्माण अनुमति दिँदा बाढी र ढुवान हुने गरेको प्राधिकरणको आरोप छ । खोला मिच्ने, खोला नजिक घर बनाउने, ट्रकमा लगेर खोलामा फोहोर फाल्ने गर्दा खोला बस्ती भन्दामाथि भएकाले पानी बस्तीमा पसेको तिवारीको भनाइ छ ।
भवनसंहितालाई वेवास्ता गर्नु सरकारले बनाएका मापदण्डलाई नमान्नुले शहरमा विपत्ति हुने गरेको विज्ञको भनाइ छ । पानी बग्ने क्षेत्र टालेर घर निर्माण गरिँदा काठमाडौंको बौद्ध क्षेत्रमा पानी जमेर पोखरी बनेको हो ।

२० वर्ष अघिसम्म बौद्ध क्षेत्रको पानी बगेर बागमतीमा मिसिने गरेको थियो तर अहिले टालिएको छ ।स्थानीय तहले पानीको मुहान, नदी छेकेर घर बनाउन अनुमति दिने गर्दा समस्या आएको सहरीविकासमन्त्री मोहम्मद इश्तियाक राईले बताए । स्थानीयस्तरसम्म भवनसंहिता लागू गर्न सूचित गरेको छु, सहरीछाता ऐनको मस्यौता अन्तिम चरणमा पुगेको छ ।

यो लागू भए पनि गलत प्रवृतिको समधान हुने उनले बताए । हजार भन्दा माथि जनसंख्या पुगेका स्थानमा भवनसंहिता लागू गर्न निर्देशन दिए पनि कार्यन्वय नहुँदा विपत्ति हुने गरेको हो । ढलको क्षमता सानो छ । खोलामा फोहोर फाल्दा, सफाइ नगर्दा खोला साँघुरिदै गएकाले पानीको वहाव पुग्दैन । प्राधिकरणको रिपोर्टमा भुईचालो आउँदा काठमाडौं गंगबु क्षेत्र भासिने खतरा बढी छ । यो क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दक्ष आर्किटेक्टको सल्लाहमा मात्र घर निर्माण गर्न भनेको छ।

प्राधिकरणले आधारभूत मादण्ड २०७२ लागू गरी ३० डिग्री भन्दा भिरालो जमिनमा घर बनाउँदा जोखिम हुने भन्दै अनिवार्य भुगर्भविद्ले माटो परीक्षण गर्नु पर्ने उल्लेख गरेको छ । ६ मिटर बाटो नभए जग्गाको कित्ताकाट गर्न नपाइने, बाटो भन्दा १.५ मिटर छाडेर मात्र घर निर्माण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

कानुनत वागमती, मनहरा र बिष्णुमति खोला भन्दा २० मिटर टाडा मात्र घर निर्माण गर्न पाउने व्यवस्थता भए पनि कार्यन्वयन फितलो छ । टुकुचा खोलामाथि बस्ती छ, बौद्ध क्षेत्रको ढल र कुलो पुरै मिचिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५, नगर विकास ऐन २०४५, नेपाल इन्जिनियरीङ परिषद् ऐन २०५५, भवन ऐन २०५५ ऐन निर्माण भई सकेका छन् भने दर्जन बढी नियामवली, नीति निर्देशिका र कार्यविधि जारी गरिएको छ ।

एकीकृत सहरी विकासका लागि उच्चस्तरीय समन्वय तथा अनुगमन समिति गठन भए पनि बेकामे हुनु समस्याको अर्को कारण बन्न पुगेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐनको दफा ८ ले नियमविपरित निर्माण भएका संरचना नियमित नियन्त्रण र निषेध गर्न सक्ने तथा दफा ९ ले रोक्ने र भत्काउन सक्ने भने नियमनमा प्राधिकरण चुकेको छ ।
बस्तीमा खोलो
नदी आसपासमा २० मिटर क्षेत्रमा नियमानुसार घर निर्माण गर्न पाइदैन । स्वीकृतिबिनै संरचना बन्दा भक्तपुरका बस्तीमा बाढी पसेको हो । भक्तपुर नगरपालिका सहरी विकास तथा योजना महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर सत्यनारायण शाहले नदी आसपासमा नियमविपरित घर बनाएकाले बाढीको जोखिम मोल्नु परेको बताएका छन् । ‘नदी आसपासमा घर बनाउँदा २० मिटर छोडेर बनाउनु पर्नेमा नगरपालिकाको स्वीकृतिबिनै घर बनाइएका छन् ।

इतिहासविद् तेजेश्वरबाबु ग्वंगले हनुमन्ते, मनोहरा, बागमती, विष्णुमतिजस्ता काठमाडौं उपत्यकाका नदीखोला विगतको तुलनामा आधा मिचिएकाले समस्या भएको बताउँछन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...