Mountain Television
Thu, 19 Jul 2018

डाक्टर गोविन्द केसीका माग हुबहु पूरा गर्न सकिँदैन : प्रचण्ड

चितवन, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनसनरत डाक्टर गोविन्द केसीको माग हुबहु पूरा गर्न नसकिने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले डाक्टर केसीको माग पूरा गर्न नसकिने स्पष्ट पारेका हुन् । प्रतिनिधिसभा सार्वभौमसत्ता भएको बताउँदै अध्यक्ष दाहालले सार्वभौम संस्थालाई कसैले यो गर भनेर भन्न नमिल्ने बताए ।

प्रतिनिधिसभालाई अपमान गर्नेले नेताको अपमान गरेको ठहर हुने उनको भनाइ छ । अध्यक्ष दाहालले अनसनरत डाक्टर केसीलाई काठमाडाैँ ल्याएर उपचार गराउन चिकित्सक संघको टोलीलाई सुझाव दिएको बताए ।

By:

7 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!