Mountain Television
Wed, 14 Nov 2018

सडकमा खनिएको नालामा डुबेर बालिकाको मृत्यु

झापा, २८ असार । झापाको चाराआली–केचना सडकखण्डमा खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा डुबेर भद्रपुर नगरपालिका १ की रेविका तामाङको मृत्यु भएको हो ।

बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेर खबर गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । नालामा डुबेर बेहोस भएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...