Mountain Television
Thu, 19 Jul 2018

पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, २८ असार । वर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित मझुवा बागेहिटीमा घरपछाडि पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र दुई वर्षीय सम्पदा लामा हुन् । भक्तपुरका राधेराधे, लिबाली, जगाती लगायत स्थानमा  डुबानमा परेकाहरुलाई क्रेन र डुंगामार्फत उद्धार गरिंदै छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!