Mountain Television
Sun, 23 Sep 2018

नेटो सम्मेलनमा अमेरिका र जर्मनीबीच विवाद

एजेन्सी, २८ असार । उत्तर एटलान्टिक सन्धि संगठन नेटो सम्मेलनमा अमेरिका र जर्मनीबीच विवाद भएको छ ।

बेल्जियममा जारी नेटो सम्मेलनमा सैन्य खर्चको विषयलाई लिएर अमेरिका र जर्मनीबीच विवाद भएको हो । सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य क्षेत्रमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को चार प्रतिशत खर्च गर्नुपर्ने प्रस्ताव राखेका छन् । तर जर्मन चान्सलर एन्गेला मर्कलले ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेका छन् ।

मर्केलले ट्रम्पको नीति गलत भएको बताएका छन् । ट्रम्पले भने नेटो बजेटको भार युरोपेली मुलुकले समेत लिनुपर्ने भन्दै अमेरिकी बोझ कम गर्न आग्रह गरेका छन् । नेटो सम्बद्ध मुलुकहरुले सैन्य क्षेत्रमा हाल जीडीपीको दुई प्रतिशत रकम खर्च गर्दै आएका छन् ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...