Mountain Television
Thu, 15 Nov 2018

पाल्पाको तानसेनमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते

पाल्पा, २८ असार । पाल्पाको तानसेन नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज विहान तानसेन–७ स्थित भालेबासमा दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिने क्रममा पोखरा हिंडेको बस सडकबाट २० मिटर तल खसेको थियो ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...