Mountain Television
Sun, 23 Sep 2018

पानी छोएको निहुँमा कुटपिट गर्ने अव जेलमा

काठमाडौं, २८ असार । सार्वजनिक धारामा पानी थाप्न गएका बेला पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले कैद सजाय सुनाएको छ ।

गत वैशाख २५ मा बर्दिबास नगरपालिका–४ स्थित भप्सी टोलको सार्वजनिक धारामा पानी छोएको भन्दै स्थानीय ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया मनिषमाथि कुटपिट भएको थियो ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो, आजको कारोवार दैनिकमा यो खबर छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...