Mountain Television
Thu, 15 Nov 2018

जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट

एजेन्सी, २६ असार । विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ ।

केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता स्टेफेन बाडविन्ले ट्विट गर्दै उनीहरुको इङगेजमेन्टको पुष्टि गरेका हुन् । तर उनको ट्विट केही समयपछि हटाइएको थियो । जस्टिनका बाबुले पनि फोटोसहित ‘एक्साइटेड फर नेक्स्ट च्याप्टर’ भनेर ट्विट गर्दै इङगेजमेन्टको पुष्टि गरेका छन् ।

२४ वर्षीय पपस्टार जस्टिन् र २१ वर्षीया मोडेल एवम् टेलिजिभन पर्सनालिटी हेलेबीच पुरानो चिनजान भए पनि केही महिना यतामात्रै उनीहरुबीच आत्मीयता बढेको बताइएको छ । सन् २०१६ मा केही समय डेटिङ गरे पनि जस्टिन र उनकी पूर्वप्रेमिका सेलेना गोमेजबीच पुनर्मिलन भएकाले जस्टिन र हेले अलगिएका थिए । पछिल्लो समय उनीहरुले पुन डेटिङ सुरु गरेका हुन् ।

अमेरिकाको एरिजोनमा जन्मेकी मोडेल हेलेको समर्पण, विश्वास र मायाबाट जस्टिन अत्यन्तै प्रभावित भएको बताइएको छ । सन् २००७ देखी गायन करियर सुरु गरेका जस्टिनले बेबी, सरी, लभ युवरसेल्फ, ह्वाट डु यु मिन, लभ मी, नेभर से नेभरलगायत दर्जनौं गीत गाइसकेका छन् । अन्नपुर्णबाट

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...