Mountain Television
Wed, 14 Nov 2018

महाकाली अञ्चल अस्पतालमा बन्द भएका सम्पूर्ण सेवा सञ्चालनमा आउने

कञ्चनपुर, २४ असार । महाकाली अञ्चल अस्पतालमा बन्द भएका सम्पूर्ण सेवा संचालनमा आउने भएको छ । महाकाली अञ्चल अस्पताल र नेपाल मेडासिटी अस्पतालबीच सहकार्य गरेर बन्द भएका सम्पूर्ण सेवा संचालनमा ल्याउने तयारी गरिएको हो ।

अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा सेवाग्राही मारमा परेकाले मेडासिटी अस्पतालको सहयोगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । अञ्चल अस्पतालमा साउन १ गतेदेखि विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरिएको छ ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...