Mountain Television
Wed, 14 Nov 2018

महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला सदरमुकामवासी त्रसित

काठमाडौं, १९ असार । लगातार तीन दिनदेखिको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

नदीको पानी वस्तीमा पस्ने डरले दार्चुलामा महाकाली नदी किनारको वस्तीका मानिसमा त्रास फैलिएको हो । खासगरी सदरमुकाम खलंगाका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायत बस्तीमा त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएका कारण महाकालीमा पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । पानीको वहाव बढेर वस्ती डुबानमा पर्ने डरले मालिकार्जुन गाउँपालिकाका नदी किनारका वासिन्दा रातभर जाग्राम वसेका छन् ।

नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदीमा २०७० सालमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । लगातारको वर्षाले ठाउँठाउँमा सडक भत्किँदा दार्चुला— तिंरक सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण मान्छे हिंड्नै नमिल्ने गरी सडक भत्किएको छ ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...