Mountain Television
Tue, 14 Aug 2018

काठमाडौंमा चालु आवमा ६ हजार दुर्घटना, १ सय ६८ को मृत्यु

तेजना पण्डित
काठमाडौं, ३१ जेठ । काठमाडौं उपत्यकामा दुर्घटनाको दर डरलाग्दो रुपमा देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ को जेठसम्ममा झण्डै छ हजार दुर्घटना भएकोमा एक सय ६८ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेगरी दुर्घटना गराउनेमा सबैभन्दा अगाडी ट्रिपर र ट्रक देखिएका छन् ।

उपत्यकामा गएको ११ महिनामा भएका दुर्घटनामा एकसय ६८ जनाले ज्यान गुमाएका छन् । आर्थिक बर्ष २०७४/७५ को जेठ ३० गतेसम्ममा भएका पाँच हजार ७ सय २८ दुर्घटनामा परि एक सय ६८ जनाको मृत्यु भएको हो । मृत्युसम्म पु-याउने दुर्घटना गर्नेमा ट्रिपरका कारण १९ र ट्रकको कारण १८ छन् ।

दुर्घटना गराउने चालकको उमेर २१ देखी ४० वर्ष देखिएको छ भने बढि दुर्घटना मध्यान्ह १२ बजेदेखि देखी छ वजेको समय देखिएको छ । अधिकांश ट्रिपर चालक कम उमेरका हुने र वेपर्वाह हाक्ने गरेका कारण दुर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

युवा जोसमा सवारी हाक्ने, मौसमको अवस्था, मादक पदार्थ सेवन दुर्घना पछिको तोडफोड, ओभरटेक गर्ने तथा ओभरलोड दुर्घटनाका प्रमुख कारण भएको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७३/७४ मा त झन ट्रक तथा ट्रिपरका कारण मात्र उपत्यका एकहजार चारसय दुर्घटना भएका थिए । त्यसका कारण सर्वसाधारण टिपर देख्नासाथ डराउने अवस्थामा छन् ।

अधिवक्ता रामचन्द्र गौतम कानुन फितलो भएका कारण दुर्घटना हुँनासाथ घाइतेहरु मारिने गरेको बताउँछन् । कानुनका छिद्र प्रयोग गर्नकै लागि मानिसको हत्या शैलीमा व्याक गरेर मार्ने प्रवृति रोक्न कानुनको छिद्र टाल्न आवश्यक रहेको दुर्घटना पीडितले बताएका छन् ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...