Mountain Television
Fri, 21 Sep 2018

आव २०७४-०७५ मा १६८ को सवारी दुर्घटनामा मृत्यु

तेजना पण्डित
काठमाडौं, ३१ जेठ
। काठमाडौं उपत्यकामा दुर्घटना डरलाग्दो रुपमा देखिएको छ । आर्थिक वर्ष २०७४-०७५ को जेठसम्ममा झण्डै छ हजार दुर्घटना भएकोमा मृत्यु गराउने दुर्घटना मात्र एक सय ६८ छन् । मृत्यु हुनेगरी दुर्घटना गराउनेमा सबैभन्दा अगाडी ट्रिपर र ट्रक देखिएका छन् ।

उपत्यकामा गएको ११ महिनामा भएका दुर्घटनामा एकसय ६८ जनाले ज्यान गुमाएका छन् । आर्थिक बर्ष २०७४-७५ को जेठ ३० गतेसम्ममा भएका पाँच हजार ७ सय २८ दुर्घटनामा परि एक सय ६८ जनाको मृत्यु भएको हो । मृत्युसम्म पुर्‍याउने दुर्घटना गर्नेमा ट्रिपरका कारण १९ र ट्रकको कारण १८ छन् ।

दुर्घटना गराउने चालकको उमेर २१ देखी ४० वर्ष देखिएको छ भने बढि दुर्घटना मध्यान्ह १२ बजेदेखि देखी ६ वजेको समय देखिएको छ । अधिकांश ट्रिपर चालक कम उमेरका हुने र वेपर्वाह हाक्ने गरेका कारण दुर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । युवा जोसमा सवारी हाक्ने, मौसमको अवस्था, मादक पदार्थ सेवन दुर्घनापछिको तोडफोड, ओभरटेक गर्ने तथा ओभरलोड दुर्घटनाका कारण भएको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७३-७४ मा त झन ट्रक तथा ट्रिपरका कारण मात्र उपत्यका एकहजार चारसय दुर्घटना भएका थिए । त्यसका कारण सर्वसाधारण टिपर देख्नासाथ डराउने अवस्थामा छन् ।

अधिवक्ता रामचन्द्र गौतम कानुन फितलो भएका कारण दुर्घटना हुँनासाथ घाइतेहरु मारिने गरेको बताउछन् । कानुनका छिद्र प्रयोग गर्नकै लागि मानिसको हत्या शैलीमा व्यक गरेर मार्ने प्रवृति रोक्न कानुनको छिद्र टाल्न आवश्यक छ ।

सँगसँगै दुर्घटनाकोे कारण बनिरहेको ठुला र साना सवारीको अस्वस्थ प्रतिस्पर्धा पनि रोक्न आवश्यक छ । ट्राफिक नियमलाई नियम नभएर आचारसंहिताका रुपमा सबैले स्वीकार नगर्ने र अस्वस्थ प्रतिस्पर्धा नरोक्ने हो भने दुर्घटनाको दर कम हुन सक्दैन । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...