Mountain Television
Wed, 20 Jun 2018

सभामुख र उपसभामुखको राजीनामा माग्नु गलत : शर्मा

काठमाडौं, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य दिनानाथ शर्माले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख र उपसभामुख मध्ये एक जनाको राजीनामा माग्ने काम जायज नभएको बताएका छन् ।

नेता शर्माले सभामुख र उपसभामुखलाई हटाउन कानुनी प्रावधान नै नरहेको बताए । उनले सभामुख र उपसभामुख दुवैले दलबाट राजीनामा दिएकाले उनीहरुलाई हटाउन संविधान र कानुनका दृष्टिले पनि नमिल्ने तर्क गरे ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले संविधान र कानुनको परिधि भित्र रहेर निर्वाचित भएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई राजनीतिक सहमतिको आधारमा हटाउन नमिल्ने बताए । नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल हुने अपेक्षा गरे ।

By:

6 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!