Mountain Television
Sun, 21 Oct 2018

‘सामाजिक पछौटेपनका कारण मुलुकमा महिला हिंसा बढ्दै’

काठमाडौं, ३१ जेठ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको अभियानलाई सफल बनाउनु सबै नागरिकको उत्तिकै दायित्व रहेको बताएकी छन् ।

मन्त्री थापाले सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई परिणाममुखि बनाउन कोसिस गरिरहेको बताइन् । बिहीबार काठमाडौंमा आयोजित बालमैत्री संचार निर्देशिका सम्बन्धि प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुको समग्र विकासमा गम्भिर भएर सोच्न पनि सबैलाई आह्वान गरिन् ।

मन्त्री थापाले बालबालिका र महिलामाथि हुने हिंसा अन्त्यका लागि समाजमा सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गरिदिन पनि पत्रकारहरुसँग आग्रह गरिन् ।

मन्त्री थापाले राजनीतिक, आर्थिक तथा सामाजिक पछौटेपनका कारण मुलुकमा महिला हिंसा बढ्दै गएको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजाने दायित्व समाजका अगुवाहरुको रहेको बताइन् ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...