Mountain Television
Wed, 14 Nov 2018

इलाममा नसर्ने रोगका बिरामीको संख्या बढ्यो

टिका खतिवडा
इलाम, ३१ जेठ
। इलाममा नसर्ने कडा रोगका बिरामीको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्यांक अनुसार क्यान्सर, मुटु रोग, मृगौला रोग लगायतका बिरामीको संख्या बढेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्यांक अनुसार आर्थिक बर्ष २०७१-७२ मा १ सय जना, २०७२-७३ मा १ सय २७ जना २०७३-७४ मा २ सय ८२ जना र चालु आर्थिकको श्रावणदेखि बैशाख सम्म १ सय ८३ जनामा नसर्ने कडा रोगको संक्रमण भेटिएको हो । क्यान्सर, मुटु रोग, मृगौला रोगका बिरामीको संख्या पछिल्लो समय बढेको हो । धुम्रपान, मद्यपान, बिषादीयुक्त खाना, शारीरिक व्यायामको कमी, रहनसहन र वातावरणका कारण रोगको संक्रमण बढेको चिकित्सकको भनाइ छ ।

कडा रोगका पीडितलाई सरकारले जिवन निर्वाह भत्ता दिने घोषणा गरेको छ । भत्ता लिनको लागि जनस्वास्थ्य कार्यालयको सिफारिस आवश्यक पर्ने हुँदा सिफारिस बनाउन आउनेको भिड लाग्न थालेको छ । सिफारिस भएका बिरामीले अस्पतालबाट एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन पाउने छन् ।

क्यान्सर, मुटु रोग, मृगौला रोग मानविय त्रुटीका कारण लाग्ने गरेकाले जीवनशैलीलाई सुधार गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...