Mountain Television
Wed, 20 Jun 2018

५० हजार लिटर विषादियुक्त घरेलु मदिरा नष्ट

काठमाडौं, ३० जेठ । प्रहरीले काठमाडौंमा करिव ५० हजार लिटर भन्दा बढि विषादियुक्त घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरीको टोलीले बुधबार काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको मानव स्वास्थ्यलाई अहित हुने खालका करिव ५० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जनाएको छ ।

टेकुस्थित महानगरी प्रहरी परिसर भित्रै नष्ट गरिएको सो मदिरामा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने अखाद्य बस्तुहरु मिसावट गरिएको पाइएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

परिसरले गृहमन्त्री रामबहादुर थापाको प्रत्यक्ष निर्देशनमा विगत ५ दिनयता घरेलु मदिरा नियन्त्रण अभियान नै संचालन गरेको थियो । अभियानको क्रममा मानव स्वास्थ्यमा अहित हुने खालको घरेलु मदिरा ठूलो परिणाममा पाइएको एसएसपी पोखरेलले बताए ।

प्रहरीले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका घरेलु मदिरा नष्ट गर्ने अभियानलाई जारी राख्ने पनि स्पष्ट पारेको छ । एसएसपी पोखरेलले मिसावटयुक्त घरेलु मदिरा उत्पादन गरेको थाहा पाइए सूचना दिन पनि सबैलाई आग्रह गरेका छन् ।

By:

7 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!