Mountain Television
Wed, 20 Jun 2018

ट्रम्प-किम शिखर वार्तामा ऐतिहासिक चार बुँदे सहमति

एजेन्सी, २९ जेठ । आपसमा धाकधम्की र शत्रुतापूर्ण व्यवहार गर्दै आएका अमेरिका र उत्तर कोरियाले अन्ततः एउटा ऐतिहासिक सहमति गरेका छन् । सिंगापुरमा आज सम्पन्न वार्तामार्फत उनीहरुले विगतको कटुतापूर्ण सम्बन्ध सुधार्दै नयाँ अध्याय सुरु गरेका हुन् ।

सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उनले हँसिलो अनुुहारसहित हात मिलाएका छन् । आपसमा अत्यन्तै कटुतापूर्ण सम्बन्ध गुजारेका दुबै देशका नेतृत्वकर्ताले हात मिलाएसँगै कोरियाली प्रायद्धिपमा शान्ति स्थापना हुने भएको छ ।

द्धिपक्षीय सम्बन्धलाई सामान्य बनाएर कोरियाली प्रायद्धिपमा परमाणुु निशस्त्रीकरणका लागि सहमति जनाउनु सिंगापुर शिखर वार्ताको महत्वपूूर्ण सफलता मान्न सकिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता उनबीच सिंगापुरमा पौनो घण्टाजति वार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।

 

राष्ट्रपति ट्रम्पले उनसँगको भेटघाट र वार्ता सोचेभन्दा राम्रो भएको बताएका छन् । ट्रम्प र किमबीच फेस टु फेस भेटवार्ता होटलको लाइब्रेरीमा भएको थियो । दुुबै नेताले आपसी भेट वार्तापछि अमेरिका र उत्तर कोरियाका वरिष्ठ सल्लाहकार तथा सहयोगीहरुसँग बार्ता गरेका थिए ।

वार्तामा राष्ट्रपतिसंगै अमेरिकाको बिदेशमन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केली र सुुरक्षा सल्लाहकार जोन बोल्टन सरिक भएका थिए ।

उता, उत्तर कोरियाका नेता उनसँगै उनका नजिकका किमयोङग चोल, बिदेशमन्त्री री योङग र पूर्व बिदेशमन्त्री री सुुुयोङग सहभागी थिए । संचारकर्मीको जिज्ञासामा किमले वार्तासम्म आइपुुग्न सजिलो नभएको भन्दै सबै बाधा ब्यवधानलाई पार गरेर यस्तो ऐतिहासिक क्षणमा आइपुुगेको बताए ।

संसारबाट अलग बस्ने उत्तर कोरियाले संसारसँग जोडिने महत्वपूर्ण अवसर यो वार्तासँगै प्राप्त गरेको छ ।

चार बुँदे सहमति


वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच कोरियाली प्रायद्वीपलाई परमाणु निशस्त्रीकरण गर्ने लगायत चार बुँदे सहमति भएको छ ।

सहमती पत्रमा दुुबै नेताहरुले हस्ताक्षर गरेका छन । जसमा अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने उल्लेख छ ।

– सहमति पत्रको पहिलो बुँदामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुबै देशका जनताको चाहना बमोजिम नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ ।

– त्यस्तै दोस्रो बुँदामा अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउने,

– तेस्रो बुँदामा सन् २०१८ को एप्रील २७ मा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता रहेको उल्लेख छ ।

– त्यस्तै चौथो बुँदामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको खोजी गर्ने र पहिचान भैसकेकालाई सम्बन्धित देशमा तत्काल पठाउन प्रतिबद्धता जनाइएको छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!