Mountain Television
Thu, 16 Aug 2018

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको वहुप्रतिक्षित वन टु वान वार्ता सम्पन्न

एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक भेटवार्ता भएको छ ।

सिंगापुरको सेन्टोसा आइल्याण्डस्थित होटल क्यापेलामा कडा सुरक्षा घेराबीच ट्रम्प र किमबीच ५० मिनेट लामो वान टु वान वार्ता भएको हो । वान टु वान वार्तामा दोभाषे थिए । ट्रम्प उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति छन् । वार्ताअघि ट्रम्प र किमले होटल क्यापेलामा आपसमा हात मिलाएर एक अर्कालाई स्वागत गरेका थिए ।

किमसँगको वार्तापछि ट्रम्पले निकै राम्रो छलफल भएको प्रतिक्रिया दिएका छन् । अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले किमसँग मिलेर ठूला समस्याको समाधान निकाल्ने बताए । उनले वार्ताबाट सफलता मिल्नेमा आफू निकै आश्वस्त रहेको र कोरियासँगको सम्बन्ध शानदार हुने विश्वास लिएको बताए । उत्तर कोरियाली नेता किमले असहजता र पुराना मान्यता तोडेर ट्रम्पसँगको वार्तामा सहभागी भएको बताए ।

वान टु वान वार्तापछि ट्रम्प र किम कार्यसूचिसहितको सामूहिक वार्तामा सहभागी भएका छन् । कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ भएको ट्रम्प र किमबीचको अभूतपूर्व शिखर वार्तालाई विश्वभर निकै चासोका साथ हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प किमसँगको वार्तापछि आजै बेलुका स्वदेश फर्कने कार्यक्रम छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...