Mountain Television
Sun, 22 Jul 2018

स्थानीय र प्रहरीबीचको विवाद समाधान

पर्सा, २ जेठ । पर्साको जिराभवानी गाउँपालिकाका स्थानीय र प्रहरीबीचको विवाद समाधान भएको छ । पर्साका सेढवामा गत बैशाख २३ गते प्रहरीले चार जना भारतीय नातेदार पक्राउ गरेको भन्दै एक सातादेखि स्थानीय आन्दोलित भएका थिए ।

बुधबार सेढवा इलाका प्रहरी कार्यालय तथा जिराभवानी गाउँपालिकाको समन्वयमा दुबै पक्षबीच सुमधुर सम्बन्ध बनाउने सहमति भएको हो ।

स्थानीयले कमजोरी सच्याउने प्रतिबद्धता जनाएका छन् । स्थानीयले क्षति पु-याएको इलाका प्रहरी कार्यालयको पूर्वाधार गाउँपालिकाले बनाउने सहमति भएको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!