Mountain Television
Sun, 22 Jul 2018

२ करोड ६० लाख नक्कली नोटसहित पक्राउ परेका ६ जना सार्वजनिक

चलचित्र निर्माता माधव वाग्लेसहित ६ जना नक्कली नोटसहित पक्राउ 

काठमाडौं, २ जेठ । चलचित्र निर्माता माधव वाग्लेसहित ६ जना ठूलो परिणाममा नक्कली नोटसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई २ करोड ६० लाख ६३ हजार नक्कली नोटसहित पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधव वाग्ले, छापाखानाका संचालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई हाल कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लूभू बस्ने १९ वर्षीय साजन तामाङ र २४ वर्षीय सुजित तामाङ रहेका छन् ।

बुधबार काठमाडाैँको चार ढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालिका संचालक समेत रहेका वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरका नेपाली नक्कली नोट २ करोड ५२ लाख बरामद गरिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुले चलचित्रको सुटिङका लागि नक्कली नोट छापेको पनि बताएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!