Mountain Television
Mon, 17 Dec 2018

नेपालगन्जको शैक्षिक मेलामा ५ हजार विद्यार्थीले गरे अवलोकन

नेपालगन्ज, २ जेठ । बाँकेको नेपालगन्जमा भएको शैक्षिक मेलामा ५ हजार भन्दा धेरै विद्यार्थीले अवलोकन गरेका छन् । पद्मा मिडिया नेटवर्कको आयोजनामा भएको दुई दिने शैक्षिक मेलामा ५ हजार भन्दा धेरै विद्यार्थीले अवलोकन गरेको मेलाका कार्यकारी अधिकृत डम्बार साहुले जानकारी दिए ।

मेलामा काठमाडाैँका १५ र स्थानीय १० वटा विद्यालयको स्टल राखिएको थियो । मोफसलका विद्यार्थीलाई शैक्षिक परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!