Mountain Television
Mon, 17 Dec 2018

मोदीले गरे नेपाल भ्रमणबारे तीन मिनेटमा तीन ट्वीट

काठमाडौं, २७ वैशाख । शुक्रबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणबारे तीन मिनेटमा तीनवटा ट्वीट गरेका छन् ।

पहिलो ट्वीटमा उनले नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली अभियानमा भारतको सहयोग रहने बताएका छन् ।

दोस्रो ट्वीटमा उनले आफू जनकपुर र मुक्तिनाथ भ्रमणमा जान लागेको कुरा जानकारी गराएका छन् ।

यस्तै तेस्रो ट्वीटमा उनले आफ्ना नेपाली समक्षी केपी शर्मा ओलीसँग द्धिपक्षीय सहकार्यबारे विस्तृतमा छलफल गर्ने बताएका छन् । मोदी शुक्रबार विहान जनकपुर आइपुग्ने कार्यक्रम छ ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!