Mountain Television
Sun, 22 Jul 2018

औषधिमा लगाइएको सिन्डीकेट तोड्ने मन्त्री अर्यालको घोषणा

काठमाडौं, २६ वैशाख । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले औषधिमा लगाइएको सिन्डीकेट तोड्ने घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले यस्तो बताएकी छन् ।

उनले औषधिको विक्री, वितरणमा कडा निगरानी राख्ने बताएकी छन् । राज्यमन्त्री अर्यालले औषधिको विक्री वितरणमा हुने गरेका विकृति अन्त्य गर्न सरकारले कडा अनुगमन गर्ने योजना बनाएको बताइन् ।

राज्यमन्त्री अर्यालले एउटै उद्योगबाट उत्पादन गरिएका औषधिहरुको मूल्य फरक–फरक हुने गरेको पाइएको उल्लेख गर्दै अव त्यस्तो गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिइन् ।

राज्यमन्त्री अर्यालले स्वदेशी औषधिलाई पहिलो प्राथमिकतामा राख्न चिकित्सकहरुलाई पनि सचेत गराएकी छन् । उनले देशभर औषधिको अभाव नहुने गरी मन्त्रालयले आवश्यक व्यवस्था मिलाएको दावी गरिन् ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...