Mountain Television
Wed, 12 Dec 2018

नेपालमा ६ सय मानिस ‘थालेसीमिया’ रोग संक्रमित

फूलमाया आले
काठमाडौं, २५ बैशाख
। थालेसीमिया अर्थात अपुष्ट रक्तकोष । रगत सम्बन्धी हुने विभिन्न रोगहरुमध्येको एउटा वंशाणुगत रोग हो । थालेसीमिया रोग र यसका बिरामीहरुको बारेमा हालसम्म पनि नेपालमा कुनै अध्ययन भएको छैन । तर, नेपालभर कम्तीमा ६ सय मानिस थालेसीमियाको संक्रमण रहेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय थालेसिमिया दिवस, नेपालमा पनि जनचेतनामुलक कार्यक्रम गरी मनाइयो । थालेसीमिया रोग र यसका बिरामीहरुको बारेमा हालसम्म पनि नेपालमा कुनै अध्ययन भएको छैन । तर, नेपालभर कम्तीमा ६ सय मानिस यो रोगको संक्रमण रहेको अनुमान गरिएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अबका दिनमा भने यो रोगको नियन्त्रण गर्न सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

हाल नेपाल थालेसीमिया सोसाईटीमा २ सय २५ जना यस्ता बिरामी दर्ता भएको उक्त संस्थाले जनाएको छ । ती बिरामी मध्ये १ सय ३५ जना बिरामीहरुले नियमित रगत चढाइरहेका छन् । संस्थामा आवद्ध भएका बिरामीलाई संस्थाले निःशुल्क रगत तथा रगत चढाउने सेवाकासाथै चिकित्सकीय उपलब्ध गराइरहेको छ । थालेसीमियाका रोगका रोगीहरुलाई बचाउनका निम्ति आजीवन रगत तथा अन्य औषधी दिइरहनुपर्छ । सरकारले निःशुल्क रगत चढाउने व्यवस्था गरिदिए र औषधी उपलब्ध गराईदिए सहज हुने थालेसिमियाका बिरामीहरुको भनाइ छ ।

बोनम्यारो ट्रान्सप्लान्ट, जीन थेरापी आदि उपचार पद्धतीबाट यो रोगको उपचार गर्नसके पूर्ण रुपमा निको हुन्छ । तर, बोनम्यारोको म्याच पाउन निकै दुर्लभ हुने चिकित्सकहरुको भनाइ छ । बोनम्यारोको म्याच पाइए पनि उपचारको लागि विदेश जानुपर्ने बाध्यता छ ।

यो रोगका लक्षणहरु भनेको बच्चा नफस्टाउनु, पेट ठूलो हुँदै जानु, हातखुट्टा सुक्दै जानु, नङ, हत्केला, पैताला, ओठ र आँखा सेतो हँुदै जानु, बच्चामा रगतको कमी देखिनु हो । यो वंशाणुगत रोग भएकाले बाबु तथा आमा दुवै तर्फका पुर्खाहरुबाट सर्दै आउँछ । यो रोग लाग्न नदिन सकेसम्म विवाह पूर्व र ढिलोमा बच्चा गर्भमा आउनुपूर्व थालेसीमिया संवाहक हो या होइन भनी आफ्नो रगत परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!