Mountain Television
Sun, 22 Jul 2018

अमेरिकी सुरक्षा फौज सिरियामा कायम राख्न फ्रान्सको सहमति

काठमाडौं, ३ बैशाख । फ्रान्सले सिरियामा तैनाथ सुरक्षा फौज फिर्ता नगर्न सहमति जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको कुराकानीमा सिरियाबाट सुरक्षा फौज फिर्ता नगर्न सहमति जनाएको हो ।

म्याक्रोनले सिरियामा अमेरिका, फ्रान्स र बेलायतले गरेको हवाइ हमला वैधानिक भएको दाबी गर्दै सिरियाको द्वन्द्वमा दीर्घकालसम्म जोडिन ट्रम्पलाई सहमत गराएको बताए । आफूसँगको कुराकानीपछि ट्रम्प सुरक्षा फौज फिर्ता नगर्न मञ्जुर भएको म्याक्रोनले बताए । ट्रम्पले दुई साता पहिले सिरियामा परिचालित करिब दुई हजार फौज फिर्ता बोलाउने बताएका थिए ।

सिरियाली सेनाले सरकार विरोधी फौजविरुद्ध होम्स र हामा शहर आसपासको क्षेत्रमा कारबाहीलाई निरन्तरता दिएको छ । द्वन्द्व पर्यवेक्षकहरूले त्यहाँ २८ वटा हवाई आक्रमण भएको र गोलाबारी समेत जारी रहेको उल्लेख गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने सिरियाविरुद्ध पश्चिमा शक्तिहरूले थप क्षेप्यास्त्र हमला गरे त्यसले अन्तराष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने बताएका छन् ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!