Mountain Television
Sun, 22 Jul 2018

ला लिगा : बार्सिलोनाद्वारा भ्यालेन्सिया २–१ ले पराजित

एजेन्सी , २ बैशाख । ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले तेस्रो स्थानको भ्यालेन्सियालाई २–१ ले पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लुइस स्वारेज र स्यामुयल उमटिटीको गोलमा भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो ।

दुई गोलले पछि परेको अवस्थामा भ्यालेन्सियाले ८७ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएको थियो । भ्यालेन्सियामाथिको जितसँगै बार्सिलोनाले ला लिगामा नयाँ रेकर्ड राखेको छ । बार्सिलोनाले ला लिगामा ३९ खेलमा अपराजित रेकर्ड राखेको हो । यसअघि ३८ खेलमा अपराजित रेकर्ड रियल सोसिडाडको नाममा थियो ।

ला लिगामा भिल्लारियल र सेभिल्लाले २–२ गोलको बराबरी खेलेका छन् भने लेगानेसले सेल्टाभिगोलाई तथा रियल सोसिडाडले लस पालमसलाई १–० ले पराजित गरेका छन् ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!