Mountain Television
Sun, 22 Jul 2018

नवाज शरीफलाई राजनीतिमा आजीवन प्रतिबन्ध

एजेन्सी, ३० चैत । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

भ्रष्टचारको आरोप लागेका सरिफलाई पाँच जना न्यायाधीशले सर्वसम्मत रुपमा राजनीतिमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भ्रष्टाचारको आरोपमा शरिफले गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शरिफले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आफूविरुद्ध राजनीतिक षड्यन्त्र भएको बताएका छन् । यसअघि गत फेबु्रअरीमा सर्वोच्च अदालतले शरिफलाई पार्टीको नेता रहन अयोग्य रहेको फैसला सुनाएको थियो।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!