Mountain Television
Thu, 21 Jun 2018

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन, ३० फागुन । चितवनको रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!