Mountain Television
Thu, 21 Jun 2018

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र ४ गते

काठमाडौं, ३० फागुन । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आगामी चैत्र ४ गते आईतबार हुने भएको छ । राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले बुधबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष निर्वाचनको मिति घोषणा गरेकी हुन् ।

राष्ट्रियसभा अन्तरिम कार्यविधि २०७४ को दफा ७ अनुसार राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तय गरिएको हो । त्यस अवसरमा जेष्ठ सदस्य भट्टले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न पनि संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।

बुधबार राष्ट्रियसभाको अध्यक्षतामा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । यसअघि नै राष्ट्रपतिमा विद्या भण्डारी र सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!